यस्तो देखियो बाढीले तहसनहस बनाएको टिमुरे क्षेत्र (तस्बिरहरु)
रसुवा | असार २६, २०८२
काठमाडौँ: मंगलबार बिहान रसुवामा एक्कासि आएको बाढीले जनधनको ठुलो क्षति पुर्याएको छ।
चीनतर्फबाट आएको बाढीले गोसाईंकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रमा वितण्डा मच्चाउँदा टिमुरे भन्सार क्षेत्र ध्वस्त भएको छ।
बाढीमा परेका मध्ये ९ जनाको शव फेला परेको छ भने १९ जना अझै बेपत्ता छन् । दुई प्रहरी, छ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण बेपत्ता भएका हुन् ।
बाढीले नेपाल चीन सीमा क्षेत्रको मितेरी पुल बगाएको, २४ वटा कन्टेनर, छ वटा ट्रक र ३५ वटा इभी गाडी बगाएको छ । स्याफ्रुबेसी देखि टिमुरे जाने सडकसमेत पूर्ण रूपमा अवरुद्ध भएको छ ।
तस्बिरहरू : प्रकाशचन्द्र तिमिल्सेना, नेपाल फोटो लाइब्रेरी












पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

